यी व्यवसायी र बैंकरले पाउने भए सरकारबाट पदक को-को परे ?

फाइल तस्बिर

संविधान दिवसका अवसरमा सरकारले ५ जना व्यवसायी र बैंकहरुलाई पदक दिने भएको छ । शुक्रबार संविधान दिवसको अवसर पारेर सरकारले निजी क्षेत्रका ५ व्यक्तिहरुलाई विभिन्न पदकबाट विभूषित गर्ने भएको हो ।

विभुषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा महासंघका उपाध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन । अध्यक्ष राणा र उपाध्यक्ष ढकाल कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभुषित भएका छन ।

यस्तै पर्यटन व्यवसायी स्वर्गिय आङछिरिङ शेर्पा सुप्रसिद्ध प्रवल जनसेवी प्रथम श्रेणीबाट विभुषित भएका छन । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ उज्जवल कीर्तिंमय राष्ट्रद्धिप तृतिय श्रेणीबाट विभुषित भएका छन ।

मानपदविबाट विभुषित हुनेमा उद्योगपति अशोक अग्रवाल, यातायात व्यवसायी योगेन्द्र कर्मचार्य र एनआईसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशनकुमार न्यौपाने रहेका छन ।

प्रकाशित मिति: : 2019-09-20 12:09:48

प्रतिकृया दिनुहोस्