काण्डै काण्डमा फसेको ओली सरकारले भ्रष्टाचारको पनि छानविन गर्न सकेन: सभापति देउवा

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सर्वस्वीकार्य बनाउनका लागि सरकारले कुनै काम नगरेको आरोप लगाएका छन्। उनले 

‘सरकार बनेको डेढ वर्षसम्म संविधान सर्वस्वीकार्य स्थापित गर्ने र संघीयताको बाँकी कार्यभार पूरा गर्न असफल हुनु दुःखद हो,’बिहीबार संसदमा मन्तव्य राख्दै सभापति देउवाले भने, ‘सरकार एकपछि अर्को संविधान विपरीतका विधेयकहरू पेश गर्दैछ। प्रतिपक्षको कुरा नसुनेर बलजफ्ती पास गर्दैछ।’

यस्तै उनले सरकार बनेको छोटो अबधिमा संघीयदेखि स्थानीय सरकारले कर बृद्धि गरेको र महँगी नियन्त्रण गर्न नसकेर जनतालाई मारमा पारेको बताए। जनताका आधारभुत आवश्यकतामा सरकारले ध्यान नदिएको पनि उनले बताए। ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु के तपाईंलाई बजारभाउ थाहा छ?’ देउवाले प्रश्न गरे।उनले जनताको करबाट तलव र सुविधा लिने प्रहरी र कर्मचारीलाई समेत सरकारले पार्टीका कार्यकर्ता बनाएको बताए । ‘जनताको करबाट तलव खाने कुनै हालतमा क्षम्य हुँदैन,’ देउवाले भने ।

वर्तमान सरकार वाइड बडी खरिद, सुन काण्डलगायतमा प्रमुख प्रतिपक्षी दलले छानविनमा सघाउने पटकपटक प्रतिवद्धता जनाए पनि सरकारले ठूला भ्रष्टाचार काण्डको छानविन नगरेको देउवाले बताए।

‘सरकार विकास निर्माणमा सुस्त छ, भ्रष्टाचार बढेको छ,’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै देउवाले भने, ‘वाइडबडी, न्यारो बडी, बालुवाटार जग्गा, सुन काण्डलगायत भ्रष्टाचारको छानविन सरकारले गरेको छैन। यो सरकार बनेको डेढ बर्षमा इतिहासकै धेरै भ्रष्टाचार भएको छ।’

प्रकाशित मिति: : 2019-09-19 15:52:42

प्रतिकृया दिनुहोस्