अब प्रधानमन्त्री छिटोछिटो परिवर्तन हुँदैन: प्रधानमन्त्री ओली

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको बिहीबार शिलान्यास गरेका छन्। तर उक्त नयाँ निवास आफ्नो लागि नभएको बताए ।

उनले भने, ‘ यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र मपछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’

अबका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने भन्दै उनले त्यसका बाबजुद धेरै प्रधानमन्त्रीले यस भवनमा आफ्नो कार्यकाल गुजार्ने दावी गरे ।

प्रकाशित मिति: : 2019-09-19 13:03:35

प्रतिकृया दिनुहोस्