अवैध आप्रवासीहरुलाई देश निकाला भारतीय गृहमन्त्रीकाे घोषणा

तस्बिरः एजेन्सी

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने घोषणा गरेका छन् ।

भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ रु यसरी देश चल्दैन ।’

यस्तै उनले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका छन् ।उनले समयको आवश्यकता भन्दै देशका सबै नागरिकले दर्ता हुनपर्ने बताए । चुनावी घोषणापत्रमा नै भाजपाले देशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साहले स्मरण गराए ।

उनी भन्छन्, ‘मैले पहिले पनि भनेको हुँ, देशका जनताले २०१९ मा नै निर्णय लिएका थिए । हामी यहाँ एनआरसी ल्याउन आएका हौं, यो रजिस्टरमा नपर्नेहरु उचित कानूनी प्रक्रियापछि देश बाहिर पठाइनेछन् ।’

नेसनल रजिस्टरको भारतमा रहेका नेपाली र नेपालीभाषीहरुलाई अप्ठेरोमा पार्न सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति: : 2019-09-19 12:41:16

प्रतिकृया दिनुहोस्