प्रधानमन्त्री ओलीले गरे संघीय संसद भवनको शिलान्यास

बिएल

प्रधानमन्त्री केपि शर्मा ओली संघीय संसद भवनको शिलान्यास गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री ओलीले सिंहदरबारको पुतली बगैँचामा भवनको शिलान्यास गरेका हुन् ।सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।

संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डरलगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ । ७ अर्ब रुपैयाँको लागतमा भवन निर्माण हुने प्रारम्भिक अनुमान छ । भवन तीन वर्षभित्र निर्माण पूरा गर्ने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार झण्डै १ सय ७३ रोपनी ८ आना जग्गामा प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसद् सचिवालयको तीन वटा भवनसहित सुरक्षाकर्मीको लागि आवास र झण्डै ७ सय गाडी पार्किङ गर्न सकिनेछ ।

संसद भवनको क्षेत्रको मध्यभागतिर भीभीआईपीका लागि प्रवेशद्वार राखिने छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार राखिने छ ।मुख्य गेटबाट प्रवेश गर्ने्वित्तिकै प्लाजामा पुगिनेछ । त्यसको एकापट्टि संसद सचिवालय हुनेछ भने अर्कोको प्रतिनिधिसभाको हल हुनेछ ।

सचिवालय र प्रतिनिधि सभाको पछिल्लो भागमा एकापट्टि दलको कार्यालय र अर्कोपट्टि राष्ट्रियसभा हुने गरी मन्त्रालयले डिजाइन तयार पारिएको छ । संसद् भवनकै क्षेत्रभित्रमा बगंैचा, तथा सानो चौरसमेत रहने डिजाइनमा उल्लेख छ ।

प्रकाशित मिति: : 2019-09-18 12:45:57

प्रतिकृया दिनुहोस्