अफगानिस्तानमा अमेरिकी दुतावास लक्षित अर्को बिस्फोट, राष्ट्रपति गनी जोगिए

Agency

तालिबान सेनाले अफगानिस्तानमा अवस्थित अमेरिकी दुतावासलाई निशाना बनाउदैं दुई वटा बम बिस्फोट गराएको छ।

बिस्फोटको घटना काबुलको मेक्रोरिन क्षेत्रमा भएको थियो। तालिबानी सेनाले मसुद स्क्वायर र अमेरिकी दुतावास नजिक बिस्फोट गराएका थिए।

अफगान मिडियाका अनुसार बिस्फोट राष्ट्रपति असरफ गनीको चुनावी सभालाई निशाना बनाएर गरिएको थियो। बिस्फोटमा २६ जनाको मृत्यु भएको र ४२ घाइते छन्। मृत्यु हुनेमा महिला र बालबालिका अधिक भएको बताइएको छ।

फूल बेच्ने १२ वर्षीय बालकको कथा, जो परिवार पाल्न बिहान ४ बजेदेखि नै सक्रिय हुन्छन् (भिडियोसहित)

टोलो न्युजका अनुसार र्.यालीमा बिस्फोट हुँदा राष्ट्रपति गनी पनि नजिकै रहेको तर उनलाई केही नभएको नजिकका व्यक्तिहरूले बताएका छन्।

मंगलबार भएको बिस्फोटको घटनाको जिम्मेवारी तालिबान बिद्रोही समूहले लिएको छ। अमेरिका र तालिबानबीच केही समयदेखि जारी वार्ता भंग भएपछि तालिबानी सेनाहरू झन बढी उग्र देखिएका छन्। अमेरिकाको ट्विन्स टावरमा हमला भएको ९–११ को १८ औं बर्षगाढमा तालिबानले अफगानिस्तानस्थित अमेरिकी दुतावास अगाडि रकेट लञ्चर प्रहार गरेको थियो।

प्रकाशित मिति: : 2019-09-17 19:06:26

प्रतिकृया दिनुहोस्