प्रम ओलीको गुजरातीमा शुभकामना, नेपालीमा मोदीको जवाफ

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी

मंगलबारबाट ६९ वर्ष पुगेका भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको बधाई तथा शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीले मादीलाई एकैपटक तीन भाषा – अङ्ग्रेजी, हिन्दी र गुजरातीमा ट्वीट गर्दै जन्मदिनको शुभकामना दिएका हुन् ।

 शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका थिए । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीको शुभकामनाको जवाफ भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्वीट गर्दै फर्काएका छन् । जवाफमा मोदीले लेखेका  छन्– 'मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।' 

 

प्रकाशित मिति: : 2019-09-17 16:45:25

प्रतिकृया दिनुहोस्