मोदीको ६९ औं जन्मदिनः प्रम ओलीद्वारा एकैपटक तीन भाषामा शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको बधाई तथा शुभकामना दिएका छन् । मंगलबारबाट ६९ वर्ष पुगेका समकक्षी  मोदीलाई प्रधानमन्त्री ओलीले एकैपटक तीन भाषा – अङ्ग्रेजी, हिन्दी र गुजरातीमा ट्वीट गर्दै जन्मदिनको शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: : 2019-09-17 11:17:17

प्रतिकृया दिनुहोस्