विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाट नेकपामा प्रवेश

नेत्रविक्रम चन्द (विप्लव)

इलाम । नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन्।

राईले प्रेस विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको उल्लेख गरेका छन् ।

उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत इलामले उनलाई रु एक लाख ५५ हजार धरौटी माग गरेका उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

प्रकाशित मिति: : 2019-09-16 11:47:43

प्रतिकृया दिनुहोस्