श्रीलंकामा तीनसय १० जनाको ज्यान जाने गरी भएको शृंखलाबद्ध बम विष्फोटको जिम्मेवारी इस्लामिक अतिवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ।उसले न्युजिल्याण्डको क्राइष्टचर्चमा भएको मस्जिद आक्रमणको बदला लिन श्रीलंकाका चर्चमा आक्रमण गरेको बताएको छ।
आईएसआईएसको आधिकारिक समाचार संस्था अमाकले इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको पुष्टि गरेको हो।
घटनाको दुईदिनपछि इस्लामिक स्टेटले आफ्नो आधिकारिक समाचार संस्थामार्फत घटनाको जिम्मेवारी लिएको हो।
यसअघि श्रीलंका सरकार प्रवक्ताले घटनामा अन्तर्राष्ट्रिय आतंकवादी समूहको हात रहेको बताएका थिए।घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताइएको छ।
शोक र त्रासमा डुबेको श्रीलंकामा यतिबेला मारिएकाहरूको सामुहिक दाहसंस्कार गरिदैछ।