सोमबार, १५ डिसेम्बर २०२५

बाँके घटना: काँग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्द

News Image
फाइल तस्बिर
• • •

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँके घटनाका वास्तविक अभियुक्तलाई कारवाही गर्नुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभाको आईतबारको बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता सुरेन्द प्रसाद पाण्डेले बाँके घटनामा संलग्न भनी पीडितले किटानी जाहेरी गर्न जाँदा स्थानीय प्रशासनले अस्वीकार गरेको भन्दै तत्काल जाहेरी दर्ता गरी वास्तविक दोषीलाई कारवाहीको प्रतिवद्धता जनाउन सरकारसँग माग गरे ।

 सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपनि काँग्रेसका सांसदहरुले अवरोध जारी राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!