नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति ल्याएको छ: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली । फाइल तस्बिर

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको बताएका छन् ।

आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ डाईलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि व्यक्त गरे । मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग इस्यूमा बहस गरेपनि उनीहरुसँग वैरभाव राख्ने पक्षमा सरकार नरहेको पनि बताए ।


परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले नेपाल– चीन ‘क्रम बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको पनि बताए ।सरकारले बाह्य लगानी भित्र्याएर पनि मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन चाहेको पनि उनले बताए ।

प्रकाशित मिति: : 2019-09-15 13:24:21

प्रतिकृया दिनुहोस्