बम भनिएको झोलामा किताब र कापी!

पहिलोपोस्ट

काठमाडौँः नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेको भन्दै प्रहरीलाई खबर भइरहेका छन्। सोही क्रममा ललितपुर प्रहरीलाई एकाबिहानै शंकास्पद बस्तु फेला परेको सूचना प्राप्त भयो।

ललितपुर महानगरपालिका ४ जावलाखेलस्थित प्रेरा कम्प्लेक्सको भुईँ तलामा रहेको आयुषा फाष्टफुड रेष्टुरेण्ट एण्ड बारको पेटीमा शंकास्पद झोला फेला परेको सूचना प्रहरीलाई पुग्यो। सूचनाका आधारमा तत्काल खटिएको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको निगरानीमा नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त शंकास्पद भएको स्थानतर्फ लाग्यो। शंकास्पद झोलालाई टोलीले नियनत्रणमा लिएर जावलाखेल फुटबल ग्राउण्डमा लगेर डिष्पोज गर्‍यो।

प्रकाशित मिति: : 2019-06-25 13:41:07

प्रतिकृया दिनुहोस्