डेनमार्कमा कांग्रेस कार्यकर्तालाई प्रशिक्षण, १ दर्जन नेताहरु युरोपमा

लण्डन– डेनमार्कमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका १ दर्जन नेताहरु युरोपमा आएका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे आयोजनामा शुक्रवारदेखि डेनमार्कको कोपनहेगनमा सुरु हुने तीन दिने प्रशिक्षण तथा कांग्रेस सर्मथकहरुको विश्व भेलामा सहभागी  हुन नेपाली कांग्रेसमा उपसभापति बिमलेन्द्र निधी,  केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल डनेमार्क पुगेका छन्।

यस्तै महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु  धनराज गुरुङ, गोबिन्द भटराई, अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बे,  आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल, महिला नेतृ प्रतिमा गौतम, नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिहं महर पनि बिहीवार बिहान कोपेनहेगन पुगेका छन।

प्रकाशित मिति: : 2019-06-22 08:48:56

प्रतिकृया दिनुहोस्