पूर्वि नेपालबाट भित्रियाे मनसुन

इन्द्रसरा खड्का

काठमाडौं, असार ५ : यस वर्षको मनसुन आजदेखि सुरू भएको छ। भारतको करेलाबाट पूर्वि भेग हुँदै मनसुन नेपाल प्रवेश गरेको हो।

मनसुनका कारण पूर्वि नेपाल र मध्यभागमा वर्षा हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, मनसुन देशभर पुग्न केही दिन लाग्नेछ।

यो वर्ष ढिलो गरी मनसुन नेपाल प्रवेश गरेको हो। गत वर्षभन्दा १० दिन ढिलो गरी मनसुन सुरु भएको महाशाखाले जनाएको छ।

सामान्यतया जुन १० मा मनसुन सुरू भई सेप्टेम्बर २३ सम्म जारी रहने गरेको मौसमविद् मञ्जु बासीले बताइन्। ‘यो वर्ष ढिलो गरी सुरू भएको छ,’ उनले भनिन्।  

कुनै वर्ष चाँडो त कुनै वर्ष ढिलो गरी मनसुन भित्रिने गरेको छ। यसको एकीन कारण भन्न नसकिने मौसमविदले जनाएका छन्।

मौसमविद्को साउथ एसियन आउटलुक फोरमका अनुसार सबै प्रदेशमा सामान्य वर्षा हुनेछ। मनसुनको समयमा अन्य समयभन्दा बढी वर्षा हुने गरेको छ।

प्रकाशित मिति: : 2019-06-20 15:27:54

प्रतिकृया दिनुहोस्