आइफोन निर्माता एप्पलमा काम गर्छन् यी नेपाली

बायाँदेखि क्रमश: क्षितिज, अदिती र सुनिल

नेपाल घर नुवाकोट भएका सफ्टवेयर इन्जिनियर क्षितिजराज लोहनीले एक वर्ष अघि सामाजिक सञ्जाल लिंकडिनमा लेखे, ‘एप्पलमा भर्खर काम सुरु गरेँ। हे मेरा भगवान! म, मेरो कम्पनी, टिम र मेरो जिम्मेवारीलाई माया गर्छु।’

अमेरिकाको बष्टनस्थित नर्थ इष्टर्न युनिभर्सिटीबाट चार वर्षअघि कम्प्युटर साइन्समा स्नातक गरेका क्षितिज एप्पल जानुअघि भुक्तानीसम्बन्धी अर्को टेक कम्पनी पेपलमा थिए। त्योभन्दा अगाडि उनले गोल्डम्यान स्याक्समा काम गरेका थिए।

‘पहिला गुगल, फेसबुकजस्ता ठूला टेक कम्पनीप्रति एक किसिमको धारणा थियो, त्यहाँ काम गर्नेहरु खतरा होलान् भन्ने लाग्थ्यो’, उनी सुनाउँछन्, ‘न्यूयोर्कको वालस्ट्रिस्थित गोल्डम्यान स्याक्समा काम गर्न थालेपछि मलाई एप्पलमा आवेदन दिन आँट आयो।’

प्रकाशित मिति: : 2019-05-16 04:25:32

प्रतिकृया दिनुहोस्