अस्पतालमा सामाजिकमन्त्रीको अनुगमन, फार्मेसी हटाउन निर्देशन

अस्पताल निरीक्षण गर्न पुगेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलगायतको टोली अनुगमन गर्दै।तस्बिर : कैलाश जोशी

धनगढी : सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले अनुगमन गरेका छन्। बुधबार मन्त्री सुवेदीसहित मन्त्रालयको टोली अस्पतालमा पुगेको हो। 

अस्पतालमा पानीको हाहाकारलगायत समस्या विभिन्न सञ्चार माध्याममा आएपछि मन्त्री सुवेदीको टोली अस्पतालमा पुगेको हो । मन्त्री सुवेदीले अस्पतामा भएका समस्याका विषयमा बुझेका थिए।

अस्पतालमा खानेपानीका योजना सुकेपछि पानीको हाहाकार भएको छ। त्यस्तै अस्पतालभित्र सञ्चालन रहेका निजी फार्मेसीहरु पनि हटाउन अस्पताल प्रशासनलाई मन्त्री सुवेदीले निर्देशन दिए। 'अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय गम्भीर छ,मन्त्री सुवेदीले भने, 'बजेट जति चाहिन्छ, मन्त्रालय दिने छ। काम गरेर देखाउन अस्पतालले सक्नुपर्दछ।'
उनले अस्पतालको फोहोर व्यवस्थापनमा लाग्न समेत प्रशासनलाई निर्देशन दिए।

प्रकाशित मिति: : 2019-05-15 16:10:46

प्रतिकृया दिनुहोस्