बालुवाटारमा विष्णु पौडेल दोषी छैनन्ः ओली

बाह्रखरी

काठमाडौं । बालुवाटार जग्गा किनबेच प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओलीले भने पौडेलको बचाउ गरेका छन् ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले पार्टी महासचिव पौडेल निर्दोष रहेको दलील पेश गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले छानबिन गरिरहेको प्रकरणमा प्रधानमन्त्री ओलीले एक कदम अगाडि बढेर महासचिवलाई निर्दोष सावित गर्न खोजेको स्रोतले बताएको छ । “बालुवाटार प्रकरणमा महासचिवको कुनै संलग्नता छैन । पार्टीलाई कमजोर बनाउन विष्णु पौडेललाई प्रहार गरिएको छ  । यसबाट विचलित हुन जरुरी छैन । बालुवाटार प्रकरणका दोषी उम्कन दिन्न,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रकाशित मिति: : 2019-04-30 15:27:19

प्रतिकृया दिनुहोस्