नेकपा बैठकमा रक्षामन्त्री पोखरेलद्वारा महासचिव पौडेलको बचाउ

नेपालखबर

सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा छलफल सुरु भएको छ।

यस बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत अन्य नेताहरुसँग अनौपचारिक परामर्श गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक बैठकमा नेताहरुले संविधान, पार्टीको चुनाव घोषणा पत्र र राजनीतिक परिवर्तनको आकांक्षा अनुकूल हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याइनुपर्ने सुझाव दिएका थिए।

बैठकमा प्रधानमन्त्री निवास बालुवाटारको जग्गाको विषयमा समेत नेकपा नेताहरुबीच अनौपचारिक तबरमा छलफल भएको थियो।

रक्षा मन्त्रालयको कार्यभार सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले यो प्रसङ्ग उप्काएका थिए।

‘पार्टी महासचिव पौडेललाई बालुवाटारको जग्गा प्रकरणमा मुछिएको छ, पार्टीलाई पनि मुछ्ने काम भएको छ’ पोखरेलले भनेका थिए, ‘उहाँलाई मात्र किन एक्लो पार्ने?’

प्रकाशित मिति: : 2019-04-29 16:58:41

प्रतिकृया दिनुहोस्