किन परे शीर्ष नेताहरु ‘हिट लिस्ट’ मा?

देश सञ्चार

काठमाडौँ — ‘म ‘हिट लिस्ट’ मा छु र मलाई प्रधानमन्त्रीले पटकपटक यसबारे संकेत जनाउनु भएको छ’, सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो कुरा अक्सर भन्ने गर्थे सार्वजनिक अभिव्यक्तिमा एक महिना अघिसम्म।

कसको ‘हिट लिस्ट’ ? सायद त्यो खुलाउन राजनीतिक रुपमा कठिन थियो प्रचण्डका लागि। किनकी नेत्र विक्रम चन्द ‘विप्लव’ प्रचण्डका सहयोद्धा हुन कमसेकम माओवादी विद्रोहका ११ बर्ष। प्रचण्डले नाम नखुलाएपनि उनको सन्देश स्पष्ट थियो।

के सुरक्षा खतरा या विद्रोहीको ‘हिट लिस्टमा’ प्रचण्ड मात्र हुन् त?  वास्तवममा गृहमन्त्रालयलले गरेको सुरक्षा लेखाजोखामा अहिलेका धेरै शीर्ष नेताहरु उच्च सुरक्षा दिनु पर्ने सूचीमा छन्, बिप्लव समूहका कारण।
र, प्रधानमन्त्री केपी शर्मा ओली समेत त्यसमा समावेश छन्।

प्रकाशित मिति: : 2019-04-27 17:26:52

प्रतिकृया दिनुहोस्