खुलामञ्च अतिक्रमणमा उपप्रमुखको संलग्नता रहेको महानगर प्रमुखको आशंका

नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीको खुलामञ्च अतिक्रमण गरी सटर तथा स्टल बनाइनुमा उपप्रमुख हरीप्रभा खड्गीको संलग्नताको आशंका व्यक्त गरेका छन् । सटर तथा स्टल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएका स्थानीय र काठमाडौं ६ का सांसद भीमसेनदास प्रधानसँग महानगर प्रमुखले यस्तो आशंका गरेका हुन् । 

उपप्रमुख खड्गीले रहस्यमय तरिकाले नगरसभाको निर्णय कार्यान्वयन नगरेको समेत आरोप लगाए । ‘‘मैले चैत २४ मा जानकारी पाएँ । नगरसभा चलिरहँदा तत्काल अनुगमन गरेर प्रतिवेदन दिन उपप्रमुखलाई भनेको थिएँ । तर, उहाँले टेर्नुभएन । नगरसभाले दिएको जिम्मेवारी पूरा गर्नुभएन । महानगर प्रमुखका रूपमा मैले दिएको निर्देशन पनि मान्नुभएन,’ उनले भने, ‘खुलामञ्च अतिक्रमण प्रकरणमा कतै उहाँ योजनाबद्ध र नियोजितरूपमा काम गरिरहेको त छैन भन्ने आशंका लाग्न थालेको छ ।’

प्रकाशित मिति: : 2019-04-27 10:35:32

प्रतिकृया दिनुहोस्