बुद्ध एयरले जहाजका कारण नेपालगञ्ज-दिल्ली अनुमति पाएन

तस्बिरः देशसञ्चार

नेपालगञ्ज – केही महिना अघि नेपालगञ्ज–दिल्ली हवाई उडानको समाचारले नेपालगञ्ज खुब तातियो। एकाध महिनामै त्यो तातो सेलायो।

नेपालगञ्ज विमानस्थलको स्तर उन्नतिका लागि बनाइएको ‘मास्टर प्लान’ सार्वजनिक गरिदा नेपालगञ्जका मेयर धवलशमशेर राणाले नेपालगञ्ज–दिल्ली उडानको कुरा निकाले। बुद्ध एयरले नेपालगञ्ज–दिल्ली उडानको तयारी गरिरहेको भनिरहदा भारतले बुद्ध एयरको जहाजका कारण उडान अनुमति नै नदिएको खुलासा भएको छ।

भारतले बुद्ध एयरलाई किन नेपालगञ्ज–दिल्ली उडानको अनुमति दिएन ? नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भन्छन्, बुद्धसँग एटीआर ७२/५०० जहाज छन्। त्यसले उडान र अवतरणमा बढी समय लिने भएकाले भारतले अनुमति नदिएको बुझिएको छ। बुद्ध एयरसँग सीआरजेट ७०० विमान भइदिएको भए भारतले ‘स्लट’ दिन सक्थ्यो।’

प्रकाशित मिति: : 2019-04-23 00:52:59

प्रतिकृया दिनुहोस्