विश्रामपछि 'प्याक' सौगात, भन्छन्- हामी स्क्रिप्टमा कमजोर छौं

तस्बिरः नेपाल लाइभ

काठमाडौं- लामो समयसम्म नेपाली रंगमञ्चमा उपस्थिति जनाएपछि ठुलो पर्दामा जादु चलाउन सफल हुने अभिनेता हुन् सौगात मल्ल। 

फिल्म लुटमा ‘हाकु काले’को क्यारेक्टरले दिलाएको लोकप्रियतासँगै सौगातको चर्चा चुलिएको हो।

भर्सटाइल कलाकारका रूपमा हेरिएका सौगातले गत भदौबाट प्रदर्शनमा आएको जय भोलेबाट अभिनय यात्रामा ब्रेक लगाए। निर्माता निर्देशक र फिल्म बजमारमा खोजिने व्यक्तिमध्येका एक मल्लले आखिर एकाएक अभिनयबाट किन ब्रेक लिए त? 

नेपाल लाइभको उक्त जिज्ञासामा मल्लले भने, ‘आफूले सोचेजस्तो फिल्म र स्क्रिप्ट आएका थिएनन्। अर्कातिर २०७५ र त्यसअघि मैले धेरै फिल्ममा काम गरिसकेको थिएँ। त्यो कारणले मैले ब्रेक लिएको हुँ।’

अभिनयमा धेरै नै ब्यस्त बन्नु परेको कारण देखाउदै उनले थपे, ‘केही प्रोजेक्टहरु आए तर तिनिहरुलाई स्क्रिप्टका हिसावले अझ बलियो बनाएर मात्र काम गर्ने सोचका कारण बर्ष २०७६ का लागि प्रोजेक्टहरु सारेको थिएँ।’ 

सौगातले भनेजस्तै सन् २००८ मा फिल्म ‘कागबेनी’बाट ठुलो पर्दामा देखिएका सौगातले त्यसयता करिब ३० वटा फिल्ममा अभिनय गरिसकेका छन्। तर सौगात जति फिल्म गरेपनि ‘लुट’मा पाएको चर्चा अन्य फिल्मबाट भने पाउन सकेनन्।

प्रकाशित मिति: : 2019-04-22 09:00:31

प्रतिकृया दिनुहोस्