भन्सार विभागकाे दाबी: ९८ प्रतिशत राजश्व संकलन बैंक काउन्टरबाट

तस्बिरः नेपालखबर

ईलामकाे पशुपतिनगर र कञ्चनपुरकाे गड्डाचाैकी बाहेकका भन्सार कार्यालयहरुमा बैंककाे काउन्टर स्थापना भएसँगै ९८ प्रतिशत भन्सार राजश्वकाे काराेबार बैकिङ प्रणालिबाट हुन थालेकाे भन्सार विभागले जनाएकाे छ।

यहि वैशाख १ गतेदेखि प्रभु बैंकले नेपाल भारतको सीमास्थित ५ वटा भन्सार कार्यालयहरुमा बैकिङ काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ। रौतहटको गौर, सिरहाको माडर, सप्तरीको राजविराज, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर(जटही) भन्सार कार्यालयहरुमा बैंक काउण्टर स्थापना गरेको हो।

नयाँ वर्षबाट बैंकको उक्त काउन्टरहरु सञ्चालनमा आएको प्रभु बैंकका सिइओ अशोक शेरचन बताउँछन्। उनी भन्छन् ‘मंसिरमा ७ वटा र अहिले ५ वटा गरेर नेपाल भारत सीमा भन्सार कार्यालयमा १२ वटा काउन्टरको स्थापना गरिएको छ। नेपाल राष्ट्र बैंकसँग अनुमपति पश्चात काउन्टर स्थापना गरी सञ्चालनमा आएको हो।’

प्रकाशित मिति: : 2019-04-21 22:39:22

प्रतिकृया दिनुहोस्