अपडेट: श्रीलंकाका चर्च र होटलमा बम आक्रमणमा परी मृत्यु हुनेको संख्या १०० नाघ्यो

श्रीलंकाको राजधानी कोलम्बो र आसपास आइतबार बिहान शृङ्खलावद्ध बम विस्फोट  हुँदा मृत्यु हुनेको संख्या १०० नाघेको छ।

श्रीलंकाली अनलाइन पोर्टल सन्डे टाइम्सले ४५० जना घाइते भएको र धेरै जसोलाई उपचारका लागि अस्पतालमा लगिएको उल्लेख गरेको छ।

इसाईहरुले इस्टर पर्व मनाउँदै गर्दा चर्चहरु र होटलहरुलाई निशाना बनाइ आक्रमण भएको हो।

मृत्यु हुनेमा विदेशी नागरिकसमेत रहेको र उद्धारकार्य जारी रहेको श्रीलंकाली आर्थिक मामिला मन्त्री हर्ष डे सिल्भाले बताएको अलजजीराले उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2019-04-21 15:40:18

प्रतिकृया दिनुहोस्