नुसरत जहानको दुखद् कथा: प्रधानाध्यापकद्वारा यौन दुर्व्यवहार, विद्यालयमै हत्या

विद्यालयकै प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेपछि १९ वर्षीय नुसरत जहान राफीले विद्रोह गरिन्।

उनले यो विषय सबैमाझ सार्वजनिक गरिन्। त्यसको परिणाममा उनले मृत्यु पाइन्। उनलाई मट्टितेल खन्याई जलाएर हत्या गरियो। नुसरतको हत्या विद्यालयमै भएको हो।

गत मार्च महिनामा बंगलादेशको एक विद्यालयमा नुसरातमाथि प्रधानाध्यापकले यौन हिंसा गरेका थिए। मदर्शाको इस्लामिक विद्यालयमा पढ्न गएकी उनलाई प्रधानाध्यापकले आफ्नो कार्यालयमा बोलाई सम्वेदनशील अंग खेलाउन खोजे। उनी त्यहाँबाट उम्किएर भाग्न सफल भइन्। त्यसविरुद्ध उनी प्रहरीमा उजुरी दिन गइन्।

२७ मार्चमा नुसरतले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसको दुई हप्ता नबित्दै उनको निर्मम हत्या भएको छ। यौन दुव्र्यहारमा परेकी एउटी किशोरीको यो हत्याले पूरै विश्वलाई स्तब्ध पारिदिएको छ।

बंगलादेशजस्तै दक्षिण एसियाली मुलुकहरुका महिला विद्यार्थी आफूहरुमाथि भएको यौन दुव्र्यवहारको विषय प्रायः लुकाउँछन्।

परिवार र समाजबाट तिरस्कृत हुने त्रासका कारण उनीहरु बोल्दैनन्। नुसरतले परिवारकै सल्लाहमा प्रधानाध्यापकमाथि उजुरी दर्ता गरेकी थिइन्। जब उनीहरु मुद्धा दर्ता गर्न गए प्रहरीले पनि राम्रो व्यवहार गरेन। प्रहरीले नुसरतको बयानको भिडियो बनाएको थियो। प्रहरीले त्यो भिडियो स्थानीय सञ्चारकर्मीलाई दिएर सार्वजनिक गराएको थियो।

 

प्रकाशित मिति: : 2019-04-18 16:03:51

प्रतिकृया दिनुहोस्