सोमबार, १५ डिसेम्बर २०२५

आजबाट जेट एयरवेजको नेपाल उडान बन्द, विमानस्थललाई ६ करोड तिर्न बाँकी

News Image
• • •

भारतीय वायुसेवा कम्पनी जेट एयवेजले नेपाल उडान स्थगित गरेको छ।आन्तरिक समस्याका कारण यो वायुसेवाले नेपालमा गर्दै आएको दैनिक ३ वटा उडान रद्द गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार वायुसेवाले शुक्रबारदेखि उडान स्थागित गरेको छ। 'यो वायुसेवाले बिहीबारसम्म नियमित उडान गरिरहेकाले शुक्रबारदेखि चार दिनका लागि उडान स्थगितको जानकारी आएको छ, उनले भने,'तर, यसको उडान स्थागितको औपचारिक जानकारी भने आफूसमक्ष आइनपुगेको र अनौपचारिक रूपमा मात्र आफूले जानकारी पाएको हुँ।'

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!