नेपाल सरकारको अनुमति बिनै विमानस्थलमा भारतीय एयर मार्शल

तस्बिरः एजेन्सी

नेपाल सरकारको अनुमति बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राखिँदै आएको पाइएको छ ।

नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा ‘इनफ्लाइट सेक्युरिटी अफिसर’ राख्न पाउने प्रावधान राखिएपछि इन्डियन एयरलाइन्सले विमानभित्र एयर मार्शल राख्न शुरु गरेको हो ।

नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने भएपनि अनुमति बिनै एयरलाइन्सले एयर मार्शल राखेको हो ।

नागरिक उड्यन प्राधिकरणका हवाई सुरक्षा प्रमुख प्रकाश ढकालले इन्डियन एयरलाइन्सले एयर मार्शल राख्न अनुमति नलिएको स्वीकारे ।

 

प्रकाशित मिति: : 2019-04-12 10:09:55

प्रतिकृया दिनुहोस्