किराँत राजालाई हराएपछि लिच्छविहरूले चलाएको 'राजनीतिक जात्रा'

भक्तपुरमा बुधबारबाट सुरू भएको बिस्का: जात्रा। यो जात्रा आठ रात नौ दिन चल्छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

‘रथस दोङा बिज्याक पिथ या दथिसं, यवसिङ थाङा थल जुत पिरतिसं
लख मोल ल्हुल चुपिंगालया खुसिसं, लिथे त ख त ल्वात गालया हितिसं
बसंत म्हेतले भईरव जगदिसं, ल्हाकम्हया गति मदु छि छम्हा वाहिकं’

यो भक्तपुरको सबभन्दा ठूलो जात्रा बिस्काःको एउटा गीत हो। बुधबार जात्रा सुरु हुने क्रममा ‘पुरानो दाफा खलः’ का बाहरू यही गीत गाउँदै थिए।

खलःका नाइके रामप्रसाद भेलेका अनुसार गीतले जात्रामा रथ कहाँ–कहाँ पुग्छ भन्ने कथा भन्छ। यो गीतझैं बिस्काःका टुक्रा–टुक्रा कथा अन्य गीतमा पनि छन्।

यो समय भक्तपुरमा बिस्काःकै गीत मात्रै गाइन्न। एक मल्लकालीन गीतमा राजा पृथ्वीनारायण शाहले रणजित मल्लको समयमा भक्तपुर आक्रमण गर्दाको प्रसंग वर्णन गरिएको छ। यसबाहेक ऋतुअनुसारका गीत पनि गाइन्छ। कुनैमा भैरवनाथ र बिस्काःका कथा जोडिन्छन्।

प्रकाशित मिति: : 2019-04-11 08:12:28

प्रतिकृया दिनुहोस्