बारा-पर्साको हुरी 'टोर्नाडो', नेपाली नाम खोजिँदै

तस्बिरः कान्तिपुर

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले चैत १७ मा बारा र पर्सामा आएको भीषण हावाहुरी टोर्नाडो भएको पुष्टि गरेको छ । विभागका अनुसार नेपालमा पहिलो पटक टोर्नाडो आएको हो । विभागले त्यसको नेपाली नाम खोजी भइरहेको जनाएको छ ।

विभागले बुधबार जल तथा मौसम पूर्वानुमान महाशाखामा पत्रकार सम्मेलन गरी भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्बिर, स्थलगत अवलोकन र भिडियोको सूचना अध्ययनले त्यो दिनको हावाहुरी टोर्नाडो भएको पुष्टि भएको जनाएको छ। विभागका महानिर्देशक सरजकुमार वैद्यका अनुसार विभागको नेतृत्वमा द स्मल अर्थ नेपाल र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र -इसिमोड) का वैज्ञानिकहरूको टोलीले घटनालगत्तै चार दिनसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो।

प्रकाशित मिति: : 2019-04-10 21:40:18

प्रतिकृया दिनुहोस्