लिबिया संकट: सुरक्षा जिम्मा नेपाली सेनाको काँधमा

लिबियाको राजधानी त्रिपोलीस्थित एक बजार। तस्बिर: एजेन्सी

काठमाडौं - अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रूपमा अन्यत्र सारिएको छ। द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ। लिबियाको अवस्था एक्कासि बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पुष्टि गरेकी छन्। राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले विद्रोहीले आक्रमण सुरु गरेपछि सुरु भएको संकटका कारण अमेरिकी र भारतीय शान्ति सैनिक त्यहाँबाट अन्यत्रै सारिए पनि नेपाली शान्ति सेनालाई भने थप जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: : 2019-04-09 08:51:08

प्रतिकृया दिनुहोस्