लोडसेडिङ गराउनेहरु फेरि सल्बलाए : कुलमान घिसिङ

अनलाइनखवर

 

२५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र लाइन लिएका कसैलाई महशुल तिर्नबाट उन्मुक्ति तथा मिनाहा नदिने स्पष्ट गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले यस्ता सुविधा लिएका ग्राहकले उठेको बिल अनुरुपको महशुल तिर्नैपर्ने बताए ।

प्राधिरकणले महशुल उठाउन पाउनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर गरेको भन्दै अनर्गल प्रचार गरेर जनतालाई भ्रमित गर्ने काम भइरहेको बताए । सोमबार रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेका घिसिङले जो कसैलाई कानूनले तोकेको सीमा बाहिर गएर छुट दिन नसक्ने प्रष्ट परेका छन् ।

घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी पनि गरे । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उनले असन्तुष्टि जनाए ।

गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार आएको थियो ।

घिसिङले गला अवरुद्ध पार्दै भने, ‘मैले ६० लाख भत्ता बुझेको छैन, राम्रो गरेको भनेर सरकारले मूल्यांकन गरेर महिनाको २ लाख प्रोत्साहन रकम दिएको हो ।’

ऊर्जा मन्त्रालयको सहसचिवको नेतृत्वमा बन्ने समितिले यस्तो मूल्यांकन गर्ने भन्दै आफूले गर्न वर्ष ८९ प्रतिशत नम्बर पाएको जानकारी दिए । मूल्यांकनमा ८० प्रतिशत बढी गरी महिनाको २ लाख प्रोत्साहन भत्ता सरकारले दिने गर्छ ...

प्रकाशित मिति: : 2019-04-08 23:19:42

प्रतिकृया दिनुहोस्