विदेशीलाई अंगिकृत नागरिकता दिन बन्द गरौं : उपप्रधानमन्त्री यादव

फोटो: सेतोपाटी

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अङ्गीकृत नागरिकता दिने प्रावधान हटाउनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विदेशी नागरिकलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था बन्द गरी नेपाली नागरिकलाई सहज र सरल रूपले नागरिकता उपलब्धता हुने अवस्था मिलाउनुपर्नेमा जोड दिए।

सङ्घीय समाजवादी फोरम नेपाल अध्यक्षसमेत रहनुभएका यादवले नागरिकतालाई राजनीतिक एजेण्डा नबनाउन आग्रह गर्दै नागरिकता वितरणमा ‘लैङ्गिक विभेद’ कायम रहेको बताए ।

उनले संविधान संशोधन गरी न्याय परिषद्को संरचनामा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए...

 

प्रकाशित मिति: : 2019-04-07 09:32:43

प्रतिकृया दिनुहोस्