भलबरिया, बारा- आँखैअगाडि हुरीले भत्काएको घरको खण्डहरको थुप्रो छ, त्यही खण्डहरको थुप्रो छेउमा गुन्द्रीमाथि राखिएको छ अन्दाजी ५० वर्षीया महिलाको लास। किनकि आइतबारको हुरीले घरमा सासु-बुहारी ज्यान लिएको छ। सासु र बुहारीको मृत्यु भएपछि परिवारमा कलिला दुई छोराहरुको बिचल्ली भएको छ।
३० बर्षीया बुहारी रिनाको लास वीरगञ्ज अस्पतालमा राखिएको छ। उनको लास लिन ती बालकका बाबु अस्पतालतर्फ गएका छन्। यता, दुई बालकहरु गाउँका छिमेकीहरु झोक्राएर बसेका छन्। उनीहरुलाई आफ्नो आमा बितेको केही थाहा छैन।
गाउँका छिमेकीहरु र परिवारका सदस्यहरु समाचार रिपोर्टिङका लागि आएका सञ्चारकर्मीहरुसँग आफ्नो पीडा सुनाइरहेका छन्। तीमध्ये परिवारका एक सदस्यले भने, ‘हुरीले त हाम्रो घर मात्रै उजाडेन। परिवारका दुइ सदस्यले ज्यान दिनु पर्यो। हाम्रो त संसारै चुँडेर लग्यो। अब त हाम्रो परिवारमा लास उठाउने समेत कोही छैन।‘ ...
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया