वर्षासँगैको हिमपातले रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ।
बिहानैदेखिको हिमपातका कारण अत्याधिक चिसो बढ्न गई हिमाली क्षेत्रको जनजीवन कष्टकर हुनुका साथै लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा आवतजावत गर्नसमेत कठिनाइ भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए।
उत्तरी रसुवाको भूभागअन्तर्गत समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उचाइसम्म परेको हिमपातले चरन क्षेत्र छोपिँदा पशुको आहारामा समेत समस्या बढ्दै गएको स्थानीय किसानले बताएका छन्। चन्दनबारी, देउराली, लाङटाङ, गतलाङसमेतका मानव बस्तीमा हिउँ परी सकेको वृद्विमका ङवाङ तामाङले जानकारी दिए।
हिउँपरेका बेला घरबाट बाहिर नजान रसुवावासीलाई आग्रह गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले हिँडडूल गर्नुपर्ने अवस्था आएमा साथीको साथमा होसियारपूर्वक जान सुझाव दिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया