हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ। शुक्रबार बिहानैदेखि मुस्ताङमा हिउँ पर्न सुरु गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।
उपल्लो मुस्ताङको लोमान्थाङ,चराङ, घमी, मराङ, छोसेर, छोनुप, सुर्खाङ, चुमजुङर, किम्लिङ, घिलिङ र समुजुङलगायतका ग्रामिण भेकहरुमा भारी हिमपात भइरहेको निमिक्त कार्यालय प्रमुख न्यौपानेले बताए। उनका अनुसार हिमपातसँगै नदी नाला घरका धारा र सेफ्टी ट्याङ्कीसमेत हिउँ र चिसोले जमेको छ। हिउँ परेपछि उपल्लो मुस्ताङको जनजिवन कष्टकर बनेको न्यौपानेले बताए।
जिल्लाको तल्लो क्षेत्र थासाङ गाउँपालिकाको घासादेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङमा पनि १ फिट हिउँ परेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए।
उपल्लो मुस्ताङमा हिउँ परेसँगै मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् भने तल्लो मुस्ताङमा पर्यटक ,कर्मचारी र स्थानीयहरु हिउँ खेल्न जुटेका छन्। स्थानीय किसानहरु पनि हिउँ परेपछि उत्साहित भएका छन्। हिउँले खेतीयोग्य जमिनको सतहमा चिस्यान भर्ने, हिउँले बालीलाई नाईट्रोजन प्रदान गर्ने र विभिन्न प्रकोपहरुलाई निरुत्साहित गर्न सहयोग पुर्याउने भएकाले हिउँ पर्दा किसानलाई फाईदा पुग्ने छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया