अनुष्काले जितिन् मिस वर्ल्डको 'मल्टिमिडिया अवार्ड'

तस्बिरः एजेन्सी

मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले  'मल्टिमिडिया अवार्ड' जितेकी छिन्।

बिहीबार  'मल्टिमिडिया अवार्ड' विजेताको नाम घोषणा भएपछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी गरिन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभेच्छक, पत्रकार, सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन्। साथै अनुष्काले फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने बताएकी छिन्।

यसअघि लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन्।

यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसेम्बर १४ मा हुने फाइनल राउण्डको बाटो खुलेको छ।

६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनाले यही शनिबार लन्डन एक्सेलमा हुनेछ। विश्व सुन्दरीको ताजका लागि १२५ देशका सुन्दरीबिच प्रतिष्पर्धा हुँदैछ।

प्रकाशित मिति: : 2019-12-13 07:27:26

प्रतिकृया दिनुहोस्