खेलाडीहरुको लागि घोषणा गरिएको पुरस्कार विगतको भन्दा दोब्बर होः सदस्य सचिव सिलवाल

फाइल तस्बिर: बिएल

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले १३औं सागमा हासिल गरेको परीणाम नेपालको ईतिहासमै अहिलेसम्मकै सबैभन्दा बढि पदक हासिल गर्न सफल भएको भन्दै यसलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन्।

बिहिबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुको लागि हिजो नगद पुरस्कार पनि घोषणा गरेको जनाउँदै स्वर्ण जित्नेलाई ९ लाख, रजत पदक विजेतलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख दिने बताए। उनले सरकारले खेलाडीहरुको लागि घोषणा गरेको पुरस्कार विगतको भन्दा दोब्बर भएको पनि स्पष्ट पारे।

नेपालको खेलकुद जगतको वृद्धिविकासको लागि आफूहरु योजनासहित अघि बढ्न लागेको सिलवालले बताए। सिलवालले आफूहरुको अबको ध्यान भनेको १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको सुनाउँदै यसप्रति आफूहरु जिम्मेवार र गम्भिर भएर लाग्ने बताए। सिलवालले आफूले नेपालमा भएका सबै संघ तथा संस्थाहरुलाई यसअघि गरेका काम र अब गर्ने योजनासहित निर्देशन दिएको पनि सुनाए।

उनले नेपालको खुलकुद क्षेत्रले क्रमिक रुपमा सुधार र छलाङ गर्दै अघि बढेको बताए। खेलाडीहरु अब ग्रास–रुटबाटै उत्पादन गरिने पनि उनले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-12 18:09:31

प्रतिकृया दिनुहोस्