लागूऔषध चरेससहित एकजना नियन्त्रणमा

तस्बिर: बिएल

वीरगञ्जबाट प्रहरीले लागूऔषध चरेससहित एकजनालाई नियन्त्रणमा लिएको छ ।वीरगञ्ज १९ बस्ने ६० वर्षीय रामबालक बैठा पक्राउ परेका हुन्।

बैठा जीतपुरतर्फबाट वीरगञ्जतिर साइकलमा आउँदै गर्दा उनको साथबाट ११ किलो ८ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

प्रकाशित मिति: : 2019-12-10 16:00:25

प्रतिकृया दिनुहोस्