झोलुङ्गे पुल निर्माण

तस्बिरः एजेन्सी

उपल्लो मुस्ताङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गरिएको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित समरखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले स्थानीयवासी र समरगाउँ भएर उपल्लो मुस्ताङ जाने आउने पर्यटकलाई लक्षित गरेर पुल निर्माण गरेको हो।

रु ८८ लाख ७९ हजार ९९९ मा ठेक्का सम्झौता गरेको थानी–हिमशिखर–रामकृष्ण जेभीले पुल निर्माण सकेको कार्यालयका सवइञ्जिनीयर रविन चोखालले जानकारी दिए। पुलको लम्बाइ १३० मिटर छ।

समरखोला, लेतेखोला र म्याग्दीको खोलाखर्कमा झोलुङ्गे पुल बनाउन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।

मङ्गला गाउँपालिकाको खोलाखर्कमा १७२ मिटर र थासाङ गाउँपालिकाको लेतेखोलामा १४२ मिटर लामो पुल निर्माण शुरु भएको कार्यालयका इञ्जिनीयर आशिष पोखरेलले जानकारी दिए।

उनका अनुसार यो गण्डकी प्रदेश सरकारले बनाएको पहिलो झोलुङ्गे पुल हो।(रासस)

प्रकाशित मिति: : 2019-12-10 12:51:54

प्रतिकृया दिनुहोस्