४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

तस्बिर:एजेन्सी

दक्षिण एसियाली खेलकूद (साग)मा नेपाल ४९ स्वर्ण पदकसहित दोस्रो स्थानमा कायमै रहेको छ।

नेपालले सोमबारका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्यसहित कूल १९५ पदक जितेको छ।

भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ। भारतले १५९ स्वर्ण, ९१ रजत र ४४ कास्यसहित कूल २९४ पदक जितेको छ। श्रीलङ्का ३९ स्वर्ण, ७९ रजत र ११८ कास्यसहित तेस्रो, पाकिस्तान ३२ स्वर्ण, ३७ रजत र ५५ कास्यसहित चौथो स्थानमा छ।

प्रकाशित मिति: : 2019-12-10 07:36:01

प्रतिकृया दिनुहोस्