थ्री बाइ थ्री बास्केटबलमा नेपाल भारतसँग पराजित

तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुलकोर्ट बास्केबलमा नेपाली टोली सेमिफाइनलमा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको सोमबार भएको सेमिफाइनलमा नेपाल भारतसँग १०७–५८ ले पराजित भएको छ।

पहिलो क्वार्टरमा ३०–१० ले पछि परेको नेपालले दोस्रो क्वार्टरमा २३–२३ को बराबरी खेलेको थियो।

तेस्रो क्वार्टरमा १९–६ ले पछि परेको नेपालले चौथो तथा अन्तिम क्वार्टर ३५–१९ ले गुमाएको थियो।

प्रकाशित मिति: : 2019-12-09 15:48:52

प्रतिकृया दिनुहोस्