नेपाल फाइनलमा प्रवेश,स्वर्णको लागि भुटानसँग खेल्ने

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि एक मात्रै गोल सुनिल बलले गरे। सुनिलले खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा ६ यार्डबाट गोल गरेका हुन्।

जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो। नेपालले ४ खेलमा १० अंक जोड्यो। बंगलादेशले भने अब तेस्रो स्थानको लागि खेल्नेछ।

अब नेपालले स्वर्णका लागि भुटानसँग मंसिर २४ गते खेल्नेछ। यसअघि नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।

प्रकाशित मिति: : 2019-12-08 18:51:24

प्रतिकृया दिनुहोस्