एन्थोनी जोसुवा दोस्रोपटक बने वर्ल्ड हेभीवेट च्याम्पियन

तस्बिर:एजेन्सी

एन्थोनी जोसुवा दोस्रोपटक बक्सिङमा वर्ल्ड हेभीवेट च्याम्पियन बनेका छन्। मेक्सिकोका एन्डी रुइज जुनियरलाई हराउँदै बेलायतका जोसुवा दोस्रोपटक च्याम्पियन बनेका हुन्।

साउदी अरबमा दिरिया एरेनामा १४ हजार बक्सिङ प्रशंसकसामु भएको खेलमा ६ महिनाअघि आफैँलाई हराएका रुइजलाई जोसुवाले पराजित गरेर बदला लिए।

जोसुआले पहिलो राउन्डमै गतिलो प्रदर्शन गरेका थिए। उनको प्रहारबाट रुइजको आँखामाथि चोट लागेको थियो। त्यसपछि खेलमा जोसुआको एकतर्फी दबदबा बनेको थियो।

१२ राउन्डपछि रेफ्रीको निर्णय एकमतले जोसुआको पक्षमा आएको थियो।

यससँगै मुहम्मद अली, लेनक्स लुइस, एभान्डर होलिफिल्ड, माइक टाइसन र फ्लोइड प्याटरसनजस्ता दोहोर्‍याएर च्याम्पियनसीप हात पार्ने खेलाडीहरुको सूचीमा ३० वर्षे जोसुआको नाम पनि दर्ता भएको छ।

प्रकाशित मिति: : 2019-12-08 13:20:36

प्रतिकृया दिनुहोस्