साग खेलकुद भइरहेको जनकपुर र पोखरामा आइजिपी खनालको निरीक्षण

तस्बिर: बिएल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यका बाहिर जनकपुर र पोखरामा भइरहेको साग खेलकुदको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण भ्रमण गरेका छन्।खनाल आइतबार पोखरा पुगेर साग खेलकुदका सुरक्षाबारे राखेपका पदाधिकारी र सुरक्षा निकायका अधिकारीहरुसँग जानकारी लिएका हुन।

सो क्रममा खनालले विहान सुरक्षा र खेलकुदमा पदाधिकारीसँग विहान अन्तर्क्रिया गरे। कार्यक्रमममा उनले साग खेलकुदमा सुरक्षा मजबुत बनाउन निर्देशन दिए।

खनालले आइतबार नै वीच भलिवल, बास्केटबल र ह्याण्डबल खेलिने स्थानको अवलोकन पनि गरे। उनले सागका सहभागी हुन आएका श्रीलंकन खेलाडीहरुलाई भेटेर सुरक्षाका बारेमा संक्षित कुराकानी समेत गरेका थिए।

प्रकाशित मिति: : 2019-12-08 11:32:39

प्रतिकृया दिनुहोस्