इटहरीकाे बिग बारमा आगलागी

तस्बिर: बिएल

इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ। सुर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा आगोलेलागेको हो।

रातिको १ बजे लागेको आगो साढे तीन घण्टापछि ९ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए।

विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरीको गरि आगो निभाउन ९ वटा दमकल प्रयोग गरिएको थियो।

प्रकाशित मिति: : 2019-12-08 10:21:45

प्रतिकृया दिनुहोस्