१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले शनिवार स्वर्ण दाबेदार बंगलादेश यू २३ सँग खेल्दैछ।
स्वर्णको दाबेदार दुई राष्ट्र श्रीलंका यू २३ र बंगलादेश यू २३ बीच खेल हुनै बाँकी छ। यस्तोमा नेपालको लागि शीर्ष दुईमा रहँदै फाइनल पुग्न शनिबार बंगलादेशविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ।
यसअघि बंगलादेशमै भएको इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। सागको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध १७२ रनको स्कोर बनाए पनि फिल्डिङ गल्ती गर्नुका साथै ४ क्याच छाडेपछि हार बेहोर्नुपरेको थियो।
त्यसपछि कमजोर दुई टिमविरुद्ध जित हात पारे पनि नेपालको असली परीक्षा बंगलादेशसँग हुनेछ।
पाँच राष्ट्र सहभागी राउण्ड रोविन लिगमा श्रीलंका लगातार तीन खेल जित्दै ६ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ। बंगलादेशको २ खेलबाट ४ अंक छ। दुवै टिम अपराजित छन्। माल्दिभ्स र भुटानले समान ३ खेल खेलिसकेका छन् भने सबैमा हार बेहोरेका छन। शनिबारै भुटान र माल्दिभ्सबीच पनि खेल हुनेछ।
त्यसभन्दा अघि नै बिहान ९ बजे कीर्तिपरस्थित टीयू मैदानमा नेपालले बंगलादेश यू २३ सँग खेल्नेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया