'सिद्धबाबा' थप सात दिन हिरासतमा,अस्पतालमै बयान लिने तयारी

फाइल तस्बिर: बिएल

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सुनसरी चतराका सिद्धबाबा महाराज भनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

पहिलोपटक अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्ने शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

 बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो। पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो।

तर, अदालतले थप गरेको म्यादमा अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपका लागि अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो।

प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ।

प्रकाशित मिति: : 2019-12-06 15:11:41

प्रतिकृया दिनुहोस्