अन्तराष्ट्रिय स्वयंसेवक दिवस: ४ सेवक सम्मानित

तस्बिर: बिएल

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा वीरगन्जमा बिहिवार ४ जना स्वयंसेवक सम्मानित भएका छन्। निश्वार्थ भावले समुदायको सहयोगमा लागेको भन्दै ४ स्वयंसेवकलाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा विनय कुमार गुप्ता र किसन सर्राफ,स्वास्थ्य क्षेत्रमा काम गरिरहेका अनिसकान्त कुशवाहा तथा फोरजिआरकी अध्यक्ष नुतन सरावगी रहेका छन्। नेपाल पत्रकार महासंघको सभाहलमा समूहका संयोजक राजन श्रीवास्तवले उनीहरुलाई सम्मान गरेका हुन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सरकारी निकायको ध्यान पुग्न नसकेको ठाउँमा निश्वार्थ भावले संवयमसेवकहरु पुगेर समाजको कल्याण र कमजोर तथा असहाय व्यक्तिको हितका लागि काम गरीरहेकाले प्रशंसा गरे। उनले आफू पर्सामा रहँदा सकारात्मक र नकारात्मक दुवै टिप्पणी पर्सा बासीबाट सुन्न पाएकाले शान्ति सुरक्षाका लागि सकेको गर्न सम्भव भएको बताए।

वीरगन्ज महानगरका मेयर विजय सरावगीले आफू पनि संवयसेवक भएरै मेयर जित्न सकेको बताए। 'कसैको दाबाव वा प्रलोभनमा नभई भित्रि मनबाट समाजको सेवा गर्ने भाव भएका व्यक्ति मात्र संवयमसेवक हुन सक्छन्,' उनले भने,'सुरुवाति अवस्थामा मैले विद्यालयहरुमा गएर सहयोग गर्दै समाजिक कार्यमा आफ्नो कदम अगाडि बढाएको थिए। परिणाम आज वीरगन्ज नगरको मेयर भएको हुन पाएको छु।'

एक स्वयंसेवक नै असल जनप्रतिनिध हुन सक्छ भन्दै उनले स्वयमसेवकलाई निरन्तर समाजको सेवामा लाग्न उत्प्रेरीत गरे। साथै उनले भने कतिपय सामाजिक कार्यहरु संचार माध्यममा नजनाएपनि अहिले पनि स्वयंसेवकको रुपमा निजी खर्चमा कतिपय विद्यार्थीलाई बाहिर अध्यनका लागि पठाएको र चाडै नै आफ्नो व्यत्तिगत खर्चबाट एसिड पिडित मुस्कानको सहयोगको लागि १ लाख रुपैयाँ दिन लागेको जानकारी दिए। उनले आफ्नो कार्यप्रति कसैले जत्ति आलोचना गरेपनि त्यसलाई सकारात्मक रुपमा लिने प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै सहसंयोजक श्रीवास्तवले निस्वार्थ भावले समुदायको प्रति निरन्तर समर्पित रहँदा आफू'भोलेन्टियर अवार्ड–२०१७' बाट सम्मानित भएको बताए। उनले पर्साका हरेक युवाहरु आफूभन्दा पनि राम्रो समाजिक कार्य गरी विपद्को बेला एकजुट हुन अनुरोध समेत गरे।

प्रकाशित मिति: : 2019-12-06 07:29:01

प्रतिकृया दिनुहोस्