नौ दिनमा प्रधानमन्त्री ओलीलाई भेट्न दोस्रो पटक अस्पताल पुगिन् राष्ट्रपति

फाइल तस्बिर

प्रधानमन्त्री केपी ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक अस्पताल पुगेकी छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न उनी बिहीबार दोस्रो पटक अस्पताल पुगेकी हुन्।

यसअघि राष्ट्रपति भण्डारीले ‌ओलीलाई मंसिर १२ गते भेटेकी थिइन्। उसो त प्रधानमन्त्री ओलीलाई आज नै डिस्चार्ज गर्ने तयारी गरिएको छ। नौ दिनअघिदेखि अस्पातमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकोले डिस्चार्ज गर्न लागिएको हो।

तर डिस्चार्ज गर्ने तयारी गरिएको केहीबेर अघि मात्रै राष्ट्रपति भण्डारी प्रधानमन्त्रीलाई भेट्टन सघन उपचार कक्षमै पुगेकी हुन्।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति भण्डारीलाई अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठ, प्रधानमन्त्रीका प्रेस सल्ला्हकार सूर्य थापा लगायतले स्वागत गरेका थिए।

प्रकाशित मिति: : 2019-12-05 14:49:23

प्रतिकृया दिनुहोस्